झापा, भदौ १ । टायल्सको काम गर्दै गर्दा करेन्ट लागेर इलाममा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ७.३० बजे इलाम माई नगरपालिका –२ माझबारी . बस्ने खेमराज लिम्बूको निर्माणाधीन घरमा टायल्सको काम गर्ने क्रममा भारत किसनगञ्ज सरिभिट्टा बस्ने नुर अहमदका छोरा २२ वर्षीय अफ्सर आलमलाई अचानक करेन्ट लागेको थियो । घाइते भई अचेत अवस्थामा उनलाई स्थानीय माई नगर अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति ८ः२८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई जानकारी गराइएको र साइटको ठेकेदार इलाम माई २ बस्ने ४४ वर्षीय सुकबहादुर राई प्रहरीको सम्पर्कमा रहेको डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।