झापा, भदौ १ । बिर्तामोडमा कारको ठक्करबाट महिला स्कुटी चालक घाइते भएकी छन् ।

आज दिउँसो १.४० बजे बिर्तामोडको हनुमान पेट्रोल पम्पअगाडी पूर्वपश्चिम मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लुबी७६बी३९०८ नं को कारले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१६ प ६१०६ नं को स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बिर्तामोड १ बस्ने ३७ वर्षीया उमा अधिकारी घाइते भएकी हुन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको छ ।

ठक्कर दिएर फरार भएको कार र चालकलाई खोजी गर्ने क्रममा सो कार किङ्सबेरी होटलको कम्पाउण्डमा फेला परेको छ । कार र कार चालक भारत बागडुग्रा बस्ने ४३ वर्षीय पवन सहनीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । स्कुटी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्