झापा, भदौ २ । करिब दुई महिनाअघि झापामा फैलिएको लम्पी स्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।

पशु सेवा विज्ञ केन्द्र झापाको साउन मसान्तसम्मको तथ्यांक अनुसार झापामा लम्पी स्किन रोगबाट ४३७ वटा चौपाया मरेका छन् भने १५ हजार १५८ वटा चौपाया प्रभावित भएका छन् ।

बाह्रदशीमा ८९ , कन्काईमा ८७ , अर्जुनधारामा ४६ , भद्रपुरमा ३६ , बुद्धशान्तिमा २९ , कचनकवलमा २८ , झापा गाउँपालिकामा २४ , हल्दिवारीमा २२ , बिर्तामोडमा १९ , गौरीगञ्जमा १३ , गौरादहमा १२ , मेचीनगरमा १० , दमक र शिवसताक्षीमा ८–८ र कमलमा ६ वटा चौपाया मरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै जिल्लामा सबैभन्दा बढी चौपाया बाह्रदशीमा संक्रमित भएका छन् । त्यहाँ ३ हजार ८०४ वटा चौपाया संक्रमित भएका हुन् । त्यसपछि बुद्धशान्तिमा १ हजार ७३६ वटा चौपाया संक्रमित भएका छन् । त्यस्तै मेचीनगरमा १ हजार ३६० , कचनकवलमा १ हजार १२१ , अर्जुनधारामा ९०१ , गौरीगञ्जमा ८८९ , बिर्तामोडमा ८६० , शिवसताक्षीमा ७५६ , भद्रपुरमा ७३६ , कनकाईमा ७२६ , झापा गाउँपालिकामा ५९६ , कमलमा ५५० , गौरादहमा ३९० , हल्दिवारीमा ३७४ र ३५९ वटा चौपाया संक्रमित भएका छन् ।

झापामा अहिलेसम्म ९९ हजार ६७४ वटा चौपायालाई लम्पी स्किनविरुद्धको भ्याक्सिन दिइएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्