झापा, भदौ २ । ताप्लेजुङमा घरायसी विवादलाई लिएर श्रीमतीले श्रीमानमाथि तेजाब प्रहार गरेकी छन् ।

आज दिउँसो १२ बजे ताप्लेजुङ मेरिङ्देन गाउँपालिका .२ सान्थाक्रा बस्ने ३५ वर्षीय खड्कबहादुर लोहारलाई उनकी श्रीमती ३६ वर्षीया अनिता लोहारले घरायसी विवादलाई लिएर तेजाब प्रहार गरेकी हुन् । घाइतेलाई आज साँझ जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भइरहेको छ ।
उनको अनुहार,दुबैपट्टीको खुट्टा,दाहिने हातको पाखुरा जलेको छ । तेजाब प्रहार गर्ने महिला घरमै रहेको बताइएको छ ।