कुमरखोद , भदौं २ । अवैध रुपमा नेपालबाट भारत लाँदै गरेको २७ वटा बाख्रा प्रहरीले बरामद गरेको छ ।

तीनवटा टेम्पोबाट सरुङ्गाबाट ल्याउँदै गरेको अवस्थामा झापा गाउँपालिका वडा नं १ को लसुना भन्सारमा प्रहरीले चेकजाँचको क्रममा ती बाख्रा बरामद गरेको हो । बरामद गरिएका बाख्राहरुलाई भद्रपुर भन्सार कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्