झापा, भदौ ३ । बिर्तामोड– ६ बुट्टावारीस्थित एक चिया पसलमा आगलागी भएको छ ।

गएराति ११ः५५ बजे बिर्तामोड– ६ बुट्टावारीमा सोही ठाउँ बस्ने लालबहादुर तामाङले संचालन गरेको काठ,बाँस र टिनको छानो भएको चिया पसलमा बिद्युतीय चुलोबाट तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको काठ र प्लास्टिकको टेबल,फ्रीज र किचनका अन्य सामान जलेर नष्ट हुँदा करिव २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो प्रहरी, स्थानीयबासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १ः२५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्