झापा , भदौ ३ । बैंकिङ कसुरमा झापाको बिर्तामोड– ३ बिर्ताबजारमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं.२ घर भई हाल बिर्तामोड वडा नं. ३ बिर्ताबजारमा डेरा गरी बस्ने ४४ वर्षीय दिलकुमार चेम्जोङ रहेका छन् । आज बिहान ७;३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चेम्जोङलाई उनकै डेराबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको साउन २७ गतेको अनुमति पत्र प्राप्त भई बैकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चेम्जोङमाथि १८ लाख रुपैयाँको चेक बाउन्स गरेको आरोप रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्