झापा,भदौ ३ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाबाट पारित भएको ’कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय विराटनगरद्वारा जारी गरिएको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमुख खापुङ्गले विधेयक प्रमाणीकरण गरेका हुन् ।
यससँगै कोशी प्रदेशमा खानेपानी तथा सरसफाईसम्बन्धी नीति, कार्यक्रम र व्यवस्थापनका लागि कानुनी आधार सुनिश्चित भएको छ।