झापा , भदौ ३ । इलामको चिया उद्योगमा हात किचिएर एक कामदार घाइते भएका छन् ।

आज दिउँसो अन्दाजी १२;१० बजे इलाम सूर्योदय नगरपालिका १ साँगुबेशीमा रहेको एनएमसी चिया उद्दोगमा कामदारको रूपमा काम गर्ने भारत पश्चिम बंगाल दार्जिलिङ सुनाद बस्ने ६० वर्षीय जीवन गिरीले मेशिनमा चिया पेल्ने क्रममा अचानक उनको देब्रे हात मेशिनभित्र गई काटिएको हो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ ल्याइएको छ । उनको अबस्था बोल्न सक्ने मध्यम रहेको छ ।
घटनाबारे प्रहरी चौकी गोर्खे इलाममा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।