झापा, भदौ ३ । कचनकवल गाउँपालिका हुँदै हल्दिबारी गाउँपालिका जोड्ने चारकोशे जंगलमा आज दिउँसो कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ।

प्रदेश नं. १ च ०९५ नम्बरको कार र हिरो मोटरसाइकल एक–अर्कामा ठोक्किएका हुन्। दुर्घटनास्थल कचनकवलबाट करिब ५०० मिटरभित्रको टर्निङ पोइन्टमा पर्छ। घना झाडीले अगाडि नदेखिने र बाटो साँघुरो तथा घुमाउरो भएकाले दुर्घटना भएको स्थानीयले बताएका छन्। सो क्रममा जलथल जाने एवं बिपरित दिशातर्फ आउँदै गर्दा दुईवटा सवारी साधन एक–अर्कासँग ठोक्किएका हुन्।
मानवीय क्षति नभए पनि दुबै सवारीमा ठूलो क्षति पुगेको छ। स्थानीयवासीले सो सडक खण्डमा बारम्बार दुर्घटना हुने गरेको बताउँदै तीव्र गति, साँघुरो सडक र लगातार घुम्तीका कारण जोखिम बढेको गुनासो गरेका छन्।