झापा,भदौ ५ । राउटे समुदायका ज्येष्ठ सदस्य ७५ वर्षीय नन्दाराम शाहीको हृदयघातका कारण निधन भएको छ ।

केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाइँ सरेर लेकबेंसी नगरपालिका–१० झुप्राखोला बसोबास गरिरहेका शाहीको बिहीबार बिहान ९ः३०बजे निधन भएको राउटे समुदायमा कार्यरत लालबहादुर खत्रीले जानकारी दिए ।
फिरन्ते जीवनयापन गर्दै आएका राउटेहरू हाल झुप्रा खोला जंगलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ रहेको छ ।



