झापा, भदौ ५ । झापाको बिर्तामोड १० विराटपोखरमा ट्रकको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन् ।

आज दिउँसो १२ः३० बजे बिराटपोखरस्थित भित्री सडकखण्डमा सैनिकमोडदेखि सैनिकबजारतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३८०८ नं. को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो । दुर्घटनामा साइकलयात्री बिर्तामोड ३ बस्ने ६० वर्षीय रामप्रसाद चौलागाई घाइते भएका छन् । ट्रक चालक कन्काई ५ बस्ने ३१ वर्षीय पुजन दियालीले घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्याई उपचार गराइरहेका छन् ।
घाइतेको टाउको र हातमा चोट लागेको छ । घटनास्थलमा अस्थायी प्रहरी बिट सैनिकबजारबाट प्रहरी टोली खटिएर ट्रक र साइकल नियन्त्रणमा लिई कार्यालयमा राखेको छ ।



