झापा, भदौ ६ । काठमाण्डौमा ६ थान नक्कली हतियारसहित एकजना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा सक्कली जस्तै देखिने नक्कली पेस्तोल देखाई डर त्रास सृजना गरी चोरी, डकैती तथा लुटपाटका घटनाहरु भएपछि खोजीका लागि प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो । टोलीले सक्कली जस्तै देखिने नक्कली हतियार बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा हिजो दिउँसो अन्दाजी १२ः३० बजे काठमाण्डौ वडा नं. ११ सुन्धारास्थित सिभिल मलको पाँचौ तलामा धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठको नाममा रहेको प्रकाश श्रेष्ठले सञ्चालन गरेको द टोय स्टोर इन्टरप्राइजेजमा खानतलासी गरेको थियो । त्यसक्रममा सक्कली जस्तै देखिने ६ थान नक्कली हतियारहरु बरामद भएको थियो ।

ती हतियार बरामद गर्दा अभद्र व्यवहार गरी अवरोध गर्न खोज्ने काभ्रेको रोशी गाउँपालिका ३ घर भई काठमाण्डौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए । सक्कली जस्तो देखिने नक्कली इटालिक सी पेस्तोल थान–६ मध्ये चाइनिज ७७ थान–१ को तौल ६७५.२१ ग्राम र मेड इन जर्मन उल्लेखित बेरेट्टा थान–५ को प्रति पेस्तोल तौल ६१५.१ ३० ग्राम बरामद भएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्