झापा, भदौ ६ । झापाको शिवसताक्षीस्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।


आज दिउँसो २.५५बजे शिवसताक्षी नगरपालिका वडा नं. १० किरात चौकस्थित निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा कुन्जिबारीबाट काँकरभिट्टातर्फ आउँदैं गरेको मे १ ख २७७३ न. को यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् ।
१ झापा बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने बर्ष– ५३ की सुमित्रा कडरिया (बाहिरी चोट नदेखिएको, अबस्था सामान्य )
२ऐ. बस्ने बर्ष– ७० की डिकमाया खतिवडा (हात र खुट्टामा चोट, अबस्था सामान्य )
३ऐ. बस्ने बर्ष ५० की रुपादेवी उप्रेती (हात र खुट्टामा चोट, अबस्था सामान्य )
४ झापा बाह्रदशी गाउँपालिका वडा नं. – ४ बस्ने बर्ष–४० की अस्मिमा खातुन( छाती र घुँडामा चोट, अबस्था सामान्य )
५निजकी छोरी बर्ष– १३ की सावरी खातुन (खुट्टामा चोट, अवस्था सामान्य)
६निजकै छोरी बर्ष– ३५ की सफिना खातुन (पेटमा चोट ,गर्भवती रहेकी ,अबस्था मध्यम )
७सफिना खातुनकी छोरा बर्ष– ७ का ईसाफ आलम (छाती दुखेको, अवस्था सामान्य )
८ निजकै छोरा बर्ष– ३ का फरियाफ आलम (टाउको दुखेको, अवस्था सामान्य )
९ झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३६ की निर्मला काफ्ले (दाहिने कुम र दाहिने घुँडामा चोट, अवस्था सामान्य )
१० ऐ. बस्ने बर्ष ३४ की तुलसा गौतम( दाहिने कुममा चोट,अवस्था सामान्य )
११ निजकै छोरा बर्ष ११ का नितेश गौतम( टाउकोमा चोट, बोल्न सक्ने, अबस्था सामान्य )

घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने ५६ वर्षीय मोहनलाल राई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्