झापा, भदौ ७ । झापा बुद्धशान्तिका एक व्यक्ति इलामको माईजोगमाईस्थित खोल्सामा मृत फेला परेका छन् ।

आज दिउँसो २ बजे बुद्धशान्ति गाउँपालिका ४ बर्ने हापेन चोक बस्ने ३४ वर्षीय उदय मगर इलाम माईजोगमाई– १ स्थित खोल्सामा मृत फेला परेका हुन् । मगर आफ्ना भेना माइजोगमाई –१ लप्सीबोटेस्थित डिल्लीराम घलेको घरमा बस्दैँ आएका थिए ।

मगर गत साउन ३० गते बिहान १० आफूखुशी कसैलाई जानकारी नगराई घरबाट निस्केर हिडेकोमा घर फर्की नआएपछि भदौ २ गते उनका भेनाले इलाका प्रहरी कार्यालय नयाँ बजारमा हुलिया निवेदन दिएका थिए । उनी बस्दै आएको घरभन्दा अन्दाजी ३ किलोमिटर पश्चिम खोल्सामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्