झापा, भदौ ७ । बिर्तामोड नगरपालिका– ३ सैनिकमोडबाट लागूऔषधसहित फेरि एकजना पक्राउ परेका छन् ।

आँखा अस्पतालनजिक रहेको सेभेन इन होटलबाट आज साँझ एक युवक लागूऔषधसहित पक्राउ परेका हुन् । होटलको क्याबिनमा बिर्तामोड ५ शुभबिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरुङले लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी सहायक निरीक्षक पदम विष्टको टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनले प्रयोग गरेको प्र१–०१–०१२प १०४६ नं को मोटरसाइकलसमेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

यसअघि गत साउन २६ गते मेची आँखा अस्पतालनजिकै रहेको मेचीवान होटलबाट लागूऔषधसहित पाँचजना युवालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्