झापा, भदौ ९ । झापाको भद्रपुरमा लागूऔषधको कारोबार गर्ने ६ जना पक्राउ परेका छन् ।

हिजो साँझ ७.३० मा भद्रपुर नगरपालिका वडा नं. ८ बस्ने २१ वर्षीय राज श्रेष्ठले आफ्नो घरमा लागूऔषध ब्राउनसुगर बिक्री गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा नं. १० बस्ने २३ वर्षीय अलताप सेख , वडा नं. ७ बस्ने १९ वर्षीय रमित राजवंशी , सोही ठाउँ बस्ने २९ वर्षीय सुमित पासी , घरधनी वडा नं ८ बस्ने २१ वर्षीय राज श्रेष्ठ , धादिङ रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीय गुम लामा र काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकबाहेक २० ग्राम ४८० मिलिग्राम ब्राउनसुगर ,बिभिन्न कम्पनीको मोवाइल ८ थान , नगद १४ हजार १७० ,खुकुरी १ थान , पिलास १ थान , स्क्रु डाईभर १ थान बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



