झापा,भदौ १६ । झापामै पहिलो पटक बिर्तामोडमा डीजे सहितको नाईटक्लव सञ्चालनमा आएको छ ।


बिर्तामोड ३ स्थित भाटभटेनी पश्चिम राजमार्ग क्षेत्रमा गन्तव्य लञ्ज एण्ड वार सञ्चालनमा आएको हो ।
साढे ३ वर्ष अघि स्थापना भई अझ धेरै सेवा सुविधा सहित बिर्तामोड १ निवासी निर्भिक शिवाकोटीले डीजे सहितको नाईटक्लव सञ्चालनमा ल्याएका हुन् । भदौ १८ गते सामान्य उद्घाटन गरी सुरु गरिने नाइट क्लवको ग्राण्ड ओपनिङ असोज १ गते गरिने सोमवार पत्रकार भेटघाटको आयोजना गर्दै जानकारी दिइयो ।
युवाहरुको माग बमोजिम उच्च स्तरीय साउण्ड र लाइट सहितको एलइडी डेक्सटप सिस्टममा सञ्चालनमा ल्याइएको नाइटक्लव साउण्डप्रुफ रहेको छ ।
नाइट क्लवका लागि चार करोड रुपैयाँ लगानी गर्दै करिव एक कठ्ठा क्षेत्रफलमा तयार गरिएको सञ्चालक डिल्लीरमण शिवाकोटीले बताए । अपरान्ह ४ वजेदेखि राति १२ वजेसम्म नाइट क्लव खुल्ला रहने बताइएको छ ।


नाइट क्लवमा आउन चाहनेका लागि २० किलोमिटर क्षेत्र भित्र निःशुल्क यातायातको व्यवस्था समेत गर्न लागिएको निर्भिकको भनाई छ । उनी अष्ट्रेलियाबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा गरी घर फर्किएका हुन् ।
पारिवारिक वातावरणमा रमाउन सकिने गरी तयार गरिएको नाइट क्लवमा क्याविनको समेत व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षा गार्ड र वाउन्सर गरी ६ जनाको व्यवस्थापन गरिएको छ । जसमा दुई जना महिला वाउन्सर राखिएको निर्भिकले जानकारी दिए ।
एक सय ७० जना क्षमता सहितको नाइटक्लवमा अर्डर अनुसारको सबै प्रकारका खानेकुरा उपलब्ध हुने बताइएको छ ।
गन्तव्य नाइटक्लव कोशी प्रदेशकै पहिलो भएको दावी गरिएको छ । पूर्वी नेपालमा यस खाले नाइटक्लव नहुँदा नेपालीहरु भारतको सिलिगडी सहितका विभिन्न सहरमा जाने गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्