झापा, भदौ १७ ।इलामको चुलाचुलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गएराति १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारी बस्ने चन्द्रबहादुर विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र रहेका भाँडावर्तन,अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख पचासी हजार बराबरको क्षति भएको छ ।

प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायणप्रसाद कुँवरको कमाण्डमा प्रहरी टोली खटिएर दमक नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति ११ः२५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।