झापा, भदौ १७ । सीमान्तकृत सन्थाल समुदायबाट उपसचिव विश्वदिप बेश्रा पहिलो न्यायाधीश बनेका छन् ।

न्याय परिषद्ले रिक्त छ जिल्ला अदालतमा मंगलबार न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकको निर्णय अनुसार न्याय समूहबाट चार, कानुन र सरकारी वकिल एक–एक जनाले नियुक्ति पाएका हुन् ।

यसरी नियुक्ति पाउनेमा लोपोन्मुख सन्थाल जातिबाट विश्वदिप बेश्रा पनि अटाए । उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत छन् ।

दुई वर्षअघि सीमान्तकृत राजवंशी समुदायबाट पहिलो पटक पूर्णप्रसाद राजवंशी न्यायाधीश नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्