झापा, भदौ १८ । बिर्तामोडमा एक हल राँगा चोरिएको छ ।

आज बिहानको राति बिर्तामोड नगरपालिका–२ चारपाने चोक बस्ने नुर्मद महमदले पालेको दुईवटा राँगा चोरिएको हो । दाम्लो काटेर अन्दाजी १ लाख ५० हजार बराबरको ती राँगा चोरी गरी लगेको पीडितले बताएका छन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर चोरी भएको राँगाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।



