भद्रपुर,भदौ १९ । नागरिक एफ.एम.का कार्यक्रम निर्देशक तथा आँखा डटकम अनलाइनका सम्पादक इश्वर अधिकारी सम्मानित भएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन झापाको २३ औं स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजित कार्यक्रममा पत्रकार इश्वर अधिकारीसहित समाजसेवी, उत्कृष्ट कर्मचारी, तथा सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
संचारक्षेत्रमा गरेको योगदानको मूल्यांकन गर्दै अधिकारीलाई सम्मान गरिएको हो । भद्रपुर १० निवासी अधिकारी विगत दुइ दशकभन्दा वढी समयदेखि संचार क्षेत्रमा क्रियाशील छन् ।




