झापा, भदौ २० । झापाको शिवसताक्षीमा हतियार देखाई लाखौंको लुटपाट भएको छ ।

गएराति अन्दाजी ८ः४० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित बच्चाबगर बस्ने ५३ वर्षीया कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुको समूहले धारिलो हतियार खुकुरी र चक्कु देखाई कृष्णकुमारीले घाँटीमा लगाएको सुनको सिक्री २.५ तोला, हातको औलाको सुनको औँठी आधा तोला गरी जम्मा तीन तोला सुन र घरभित्र पर्समा राखिएको नगद रु.१ लाख समेत गरि जम्मा सात लाख बराबरको धनमाल लुटेर फरार भएका हुन् ।
घटनाबारे राति ९ः१० बजे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक नोरजङ लामाको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर लुटेराहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।



