झापा, भदौ २१ । इलाममा जंगली चितुवाले चौपाया खान थालेपछि पशुपालक कृषकहरु आतंकित भएका छन् ।


गएराति इलाम सूर्योदय नगरपालिका १ छघरे बस्ने पासाङ शेर्पाको घरनजिकै रहेको गोठमा पसेर जंगली चितुवाले एउटा खसी र अर्को बाख्रालाई मारेको छ ।

पाँच दिनअघि किसानको बाख्रा खान आएको कालो चितुवालाई इलाममा नियन्त्रणमा लिई उद्धार गरिएको थियो ।
सूर्योदय नगरपालिका २ बागबिरे टोल बस्ने टंक काफ्लेको गोठमा बाख्रा खान आएको कालो चितुवालाई नियन्त्रणमा लिइएको थियो ।

दुईवटा बोका र एउटा बाख्रालाई मारेर सोही गोठमा बसिरहेको अबस्थामा वन कार्यालयसंग आवश्यक समन्वय गरेर चितुवालाई नियन्त्रणमा लिइ कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा लगिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्