कुमरखोद , भदौ २२ । झापा गाउँपालिकामा फेरि चोरी भएको छ ।


झापा गाउँपालिका वडा नं १ सिद्धिनगर टोल बस्ने हरदेव माझीको घरमा गएराति दराज फोरेर चोरी भएको हो । चोरले राति ढोकाको ताल्चा फुटाएर घरभित्र रहेको काठको बाकसभित्र राखेको नगद ४० हजार रुपैयाँ , १७ तोला चाँदी , ३ वटा विदेशी टर्च चोरी गरेको माझीले बताएका छन् ।

माझीले उक्त रकम ऋण तिर्नका लागि राखेका थिए । उनले आफूसँग भएको ४० हजार रुपैयाँबाट १० हजार दशै खर्चको लागि र बाँकी ३० हजार साहुलाई ऋण तिर्न राखेकोमा चोरी भएपछि समस्या भएको दुखेसो पोखे ।

यसअघि भदौ १३ गते झापा गाउँपालिका वडा नं २ बालुवाटारमा रहेको जागेश्वर शिव मन्दिरको दानपेटिका र चमनलाल माझीको पानी तान्ने मोटर चोरी भएको थियो ।

त्यसैगरी भदौं ७ गते झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा डिल्लीराम उप्रेतीको घरवाट दिउँसो ४ः३० बजे घरमा कोही पनि नभएको बेला घरको बरण्डाको मुल गेटको ताल्चा फोरी दराजभित्र राखेको सुनको सिक्री २ तोला , सुनको व्रास्लेट ३ तोला , सुनको मंगलसुत्र १ तोला १० आनी , चाँदीको कमररिङ १० तोला, नगद ५० हजार गरी १२ लाख ७० हजार बराबरको चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्