झापा, भदौ २३ । झापाको बिर्तामोडमा निकालिएको जेन–जीको प्रदर्शनमा प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी भइरहेको छ ।

आज बिहान ११ः३० बजेदेखि बिर्तामोड –५ स्थित वान स्टप महल अगाडिबाट जेन–जी आन्दोलनलाई समर्थन गर्दै जेन–जी उमेर समूहका विद्यार्थी, युवाहरु लगायत करिब ५०० जनाको उपस्थितिमा भ्रष्टाचार र सरकारले सामाजिक संजाल बन्द गरेको विरुद्धमा र्याली निकालिएको हो ।

‘सामाजिक संजाल खुल्ला गर, जेनजी हामी जिन्दावाद,भ्रष्टचारी मुर्दावाद, केपी चोर देश छोड, म जेन–जीसँगै छु,’ जस्ता नाराहरु लगाइरहेका छन् । विभिन्न नारासहितका प्लेकार्ड बोकेर वर्तमान शासक र मुख्य राजनैतिक दलका नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन् । आन्दोलनको अगुवाई युथ अफ झापाले गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्