झापा, भदौ २३ । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिए। जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।
कर्फ्यू लगाउनुअघि प्रजिअ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो।



