झापा,भदौ २३ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन्।

नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका हुन्।
उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोलीको छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन्। पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास र रबरको गोली चलाएको थियो। प्रदर्शनका क्रममा केही प्रदर्शनकारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।



