झापा,भदौ २३ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ ।

यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो । त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।



