झापा, भदौ २४ । जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

दमकमा ९ जना र बिर्तामोडमा एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेहरुको विवरण यसप्रकार छ ।
१. बिर्तामोड वडा न.५ बस्ने बर्ष अ.२३ का विकास खतिवडालाई नियन्त्रणमा लिई प्रहरी चौकी बिर्ताबजारमा ल्याई राखेको।
दमकमा पक्राउ पर्नेहरु
२. ताप्लेजुङ याङबरक गा.पा.–१ बस्ने बर्ष २९ का संदेश बि.क. ।
३. झापा कमल गापा–६ बस्ने बर्ष २६ का आकाश राई ।
४. दमक नपा–१ बस्ने बर्ष १६ का जिपसन धमला ।
५. कमल गापा–४ बस्ने बर्ष २१ का जसमिन कुलुङ राई ।
६. दमक नपा–५ बस्ने बर्ष ३२ की समिरा पोखरेल ।
७. दमक न.पा.७ बस्ने बर्ष १८ का मोहन साहसहित प्रदेश न.१–०२–०४०प ३०२१ को मोटरसाइकल नियन्त्रणमा ।
८. कमल गा.पा. ५ बस्ने बर्ष २१ का रुपेश धिमालसहित प्रदेश न.१–०१–०१२ प ७८७६ को मोटरसाइकल नियन्त्रणमा ।
९. दमक बस्ने बर्ष १९ का प्रितम भुजेल
१०. दमक–९ बस्ने बर्ष २४ का देउशरण महतो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्