बिर्तामोड, भदौ २४ । बिर्तामोड–४ स्थित नेकपा एमाले झापाको पार्टी कार्यालयमा आज आगजनी भएको छ ।

आज बिहान अन्दाजी १० बजे करिब ५ सयको संख्यामा आएका जेनजीसमर्थक युवाहरुले पार्टी कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट पार्टी कार्यालय जलेर पूर्ण क्षति भएको छ । त्यहाँ अहिलेसम्म प्रहरी र दमकल पुग्न सकेको छैन । हिजो राति पनि प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालयमा तोडफोड गरेका थिए । सोमबारबाट शुरू भएको जेनजीको प्रदर्शन आज बिहानैदेखि फेरि शुरू भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्