झापा, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

आन्दोलन चर्किदै गएपछि अन्ततः ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टी गरेको छ ।
भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।ओलीले मंगलबार साँझ सर्वदलीय बैठकसमेत बोलाएका छन् ।

ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली २०४८ सालबाटै सांसद् बनेका ओली त्यसयता कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए । उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । पछिल्लो पटक कांग्रेससँग मिलेर उनले सरकारको नेतृत्व गरे पनि जनअपेक्षाअनुसार काम गर्न नसकेपछि उनीप्रति व्यापक असन्तुष्टि सडकमा पोखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्