झापा, भदौ २४ । नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ। 

एक सूचना जारी गर्दै सेनाले आज राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।

सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

“यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र आज राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,“ सूचनामा भनिएको छ।

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ। त्यसपछि सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्