झापा, भदौ २५ । जेनजीको प्रदर्शनका क्रममा झापामा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने करिव सयजना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीको गोली लागेर हिजो एक प्रदर्शनकारीको मृत्यु भएको हो । हिजो दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसंगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली लागेर अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । बीएण्डसीमा ८४ जना घाइते भर्ना भएका थिए । त्यसमध्ये ३० जना डिस्चार्ज भएको अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । त्यस्तै बिर्तासिटीमा पनि केही घाइतेहरुको उपचार भइरहेको छ भने दमक अस्पताल , नोवेल अस्पताल र धरानमा पनि उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्