झापा, भदौ २६ ।  बिर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । 

मृत्यु हुनेमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी रहेका छन् । बीएण्डसीमा उपचाररत उनको हिजो साँझ ६.५ बजे मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको झडपमा यसअघि अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्