झापा, भदौ २७ । झापा अर्जुनधाराको जुकेखाडीमा एकजनाको हत्या भएको छ ।

गएराति करिब १२ बजे दुर्गापुर– दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अबस्थामा एकजनाको शव फेला परेको हो । सो शव अर्जुनधारा नगरपालिका वडा न. ३ जुकेखाडी निवासी कोशी भनेर चिनिने बिजय लिम्बूको भएको बताइएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।

मृतकको शव बाटोमै रहेको छ । घटनाबारे जानकारी प्राप्त भएको र आज बिहान प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्