झापा, भदौ २७ । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा बिर्तामोडमा मौन र्याली निकालिएको छ ।

देशव्यापी कार्यक्रमअन्तर्गत आज साँझ ५.१० बजेदेखि बिर्तामोडको मुक्ति चोकबाट पत्रकार महासंघका जिल्ला अध्यक्ष एकराज गिरीको नेतृत्वमा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारहरु लगायतको उपस्थितिमा शान्ति र लोकतन्त्रको लागि सेभ द नेशन , सेभ द कन्स्टिच्यूसन लेखिएको प्लेकार्ड बोकेर मौन र्याली निकालिएको हो ।

मुक्ति चोकबाट अधुवा खोलाको पुल हुँदै पुनः मुक्ति चोकमा पुगेर शान्तिपूर्ण मौन बिरोध जनाउँदै र्याली समापन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्