झापा, भदौ २८ । हिजो साँझ कन्काई ७ स्थित बिरिङ पुल छेउमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ७.३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई २ बस्ने वर्ष ३८ का दिनेश कुमार थपलिया र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ६० का सोमनाथ दंगाल घाइते भएका थिए ।

दुबै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ६ बजे मोटरसाइकलमा पछाडी सवार सोमनाथ दंगालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्