झापा, भदौ २९ । सुनसरीको धरानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान ९;१० बजे धरान –१७ पटनाली बस्ने ८२ वर्षीय पूर्णशंकर राईको रुखबाट लडेर मृत्यु भएको हो । उनी सोही ठाउँमा रहेको बेलपानी जंगलमा घाँस काट्ने क्रममा करमको रुखमा चढेका थिए ।

कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्