झापा, भदौ २९ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकलाई शहीद घोषणा गर्ने र प्रतिव्यक्ति १० लाख दिने सरकारले निर्णय गरेको छ ।

मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निःशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहीद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय गरेको जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्