झापा,भदौ २९ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि सेवा सुरु गरेको छ ।


अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पु¥याउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्