झापा, भदौ ३१ । देशका विभिन्न कारागारबाट भागेका कैदीहरु झापामा धमाधम पक्राउ पर्न थालेका छन् ।

दिनहुँ पक्राउ पर्ने क्रममा हिजो तीनजना पक्राउ परेका छन् । भदौ २४ गते सुनधारा कारागारबाट भागेका दुईजना महिला कैदी पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका गौरादह वडा नं.५बस्ने बर्ष २८की रुकसार खातुन र सोही ठाउँकी
कर्तव्य ज्यान मुद्दाकै कैदी बर्ष २८ की एक्सरा खातुन पक्राउ परेका हुन् । उनीहरु जिल्ला प्रहरी कार्यालय झापामा आफै सम्पर्कमा आएकाले पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भदौ २४ गते कास्की कारागारवाट जेन–जी आन्दोलनको क्रममा फरार रहेका कर्तव्य ज्यान मुद्दाका कन्काई वडानं.६बस्ने ३३ वर्षीय दिनेश सोरेनलाई हिजो घरवाटै पक्राउ गरिएको छ । पाँच पुरुष र दुई महिला गरी सातजना फरार कैदीलाई पक्राउ गरी राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



