झापा,असोज १ । दमक नगरपालिकाले आन्दोलनका क्रममा भएको आगजनीमा लुटिएका सामान फिर्ता गर्न रचनात्मक शैली अपनाएको छ ।

नगरपालिकाले आफ्नो फेसबुक पेजमा लुटेराको अनुहार छोपिएको फोटो पोष्ट गर्दै ‘आगजनीबाट बचाउन लगिएका समान फिर्ता गर्न’ आग्रह गरेको हो ।
‘आगजनीबाट बचाउन लगिदिनुभएको सामान उहाँलाई पनि फिर्ता गरिदिनुहुन अनुरोध छ। हजुरको फेस पनि क्लियर छ है,’ कार्यालयको पेजमा लेखिएको छ ।
भदौ २४ गते भएको विध्वंसात्मक आन्दोलनका क्रममा देशका विभिन्न सरकारी कार्यालयमा आक्रमण भएको थियो । दमक नगरपालिका समेत यसको निशानामा परेको थियो । त्यहाँबाट लाखौँको सामान लुटपाट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्