कुमरखोद, असोज २ । ।झापा गाउँपालिकामा एक ब्यक्ति बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान झापा–६ स्थित चन्द्रबस्तीमा सोही ठाउँका अन्दाजी ४२ वर्षीय रवि सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
मादक पदार्थ सेवन गरेर बाटोमा सुतेका उनको सुतेकै ठाउँमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। उनको शबलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।



