झापा, असोज २ । अप्टिकल फाईभर टेलिफोनको तार चोरी गरी भारततर्फ लाँदै गर्दा पाँचजना पक्राउ परेका छन् ।

हिजो बिहान ११ बजे मेचीनगरको इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ ५ वटा बोरामा प्याक गरी अप्टिकल फाईभर टेलिफोनको तार चोरी गरी लाँदै गरेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने बर्ष २४ का कातिक अधिकारी ,भारत दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने बर्ष ३४ का राहुल अधिकारी , झापा बुद्धशान्ति गाउँपालिका शितल वस्ती बस्ने बर्ष २५ का बिजय राजवंशी ,इलाम माई नगरपालिका ३ जौबारी वस्ने बर्ष २७ का दिनेश परियार र कचनकबल गाउँपालिका ३ डाँगीबारी बस्ने बर्ष ४२ का संजय माझी रहेका छन् ।

पक्राउ परेका ती नेपाली तथा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्