झापा, असोज २ । कारागार मुक्त भएपछि पहिलो पटक बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई गृह जिल्ला झापा आउने भएका छन् ।

उनी यही असोज ९ गते बिर्तामोड आउने भएका हुन् । पटक–पटक हिरासत र महिनौँको कारागार बसाइँपछि करिव ६ महिनापछि नागरिक बचाउ महाअभियानका संयोजक प्रसाई बिर्तामोड आउन लागेको कार्यक्रम व्यवस्थापन समिति संयोजक ओमप्रकाश लुइटेलले जनाएका छन् ।
उनको स्वागतमा चन्द्रगढी एयरपोर्टदेखि बिर्तामोडको सि.टि. सेन्टरसम्म मोटरसाइकल र्याली निकालिने भएको छ । त्यस्तै स्वागत–सम्मान, तथा शुभकामना आदान– प्रदान कार्यक्रम पनि राखिएको छ ।



