झापा,असोज ३ । जेनजीको आन्दोलनले सत्ताबाट किनारा लागेका कांग्रेस र एमालेका कार्यकर्ताहरु सर्वसाधारणमाथि खनिन थालेका छन् ।

संविधान दिवसको अवसरमा झापाको अर्जुनधारामा शान्तिपूर्ण र्याली निकालेका कांग्रेस र एमालेका कार्यकर्ताहरुले आज तीनजनालाई कुटपिट गरेका हुन् ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईलाई कालो झण्डा देखाएको भन्दै स्थानीय संचारकर्मी कौशल भण्डारीलाई कुटपिट गरेका छन् भने बाटो हिड्ने अन्य दुईजना युवामाथि पनि कुटपिट भएको छ । ती युवाले भिडियो खिच्न खोजेको जनाइएको छ ।
कांग्रेस– एमालेले अर्जुनधाराको देवकोटा चौकमा र्यालीपछि कोणसभा गरेका थिए । त्यस कोणसभामा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी , कांग्रेसका जिल्ला सचिव हुमागाँईलगायतले संबोधन गरेका थिए ।



