झापा , असोज ४ । झुम्का कारागारबाट भागेका थप एकजना कैदी पाँचथरमा पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पाँचथर मिक्लाजुङ –५ बस्ने वर्ष ५१ का सन्तवीर लावती हिजो साँझ पक्राउ परेका हुन् । उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरीे जिल्ला कारागार पाँचथरमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यसअघि विभिन्न कारागारबाट भागेका पाँचजना कैदी पाँचथरमा पक्राउ परेका थिए । हाल जिल्ला कारागार पाँचथरमा जम्मा ५० जना कैदी रहेका छन् ।



