झापा, असोज ४ । झापाको मेचीनगर १ देवीगञ्जमा जंगली हात्ती मृत फेला परेको छ।

आज बिहान अन्दाजी ८ बजे मेचीनगर नगरपालिका वडा नम्बर १ देवीगञ्जस्थित कमल कार्कीको धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । हात्ती मृत फेला परेको सुनेर टोली घटनास्थलतर्फ जान लागेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।



