झापा, असोज ५ । तीन दिनदेखि वेपत्ता भएका झापा गौरादहका एक व्यक्ति धान खेतमा मृत फेला परेका छन् ।

गौरादह नगरपालिका –८ जुरोपानी बस्ने ६५ वर्षीय सजनलाल ऋषिदेव हिजो विहान ११.३० बजेतिर स्थानीय टेपु राजवंशीको धान खेतमा घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।

उनी असोज १ गते कोही कसैलाई नसोधी घरबाट हिडेका थिए । उनकी श्रीमती घुसो ऋषिदेवले भदौ ३ गते इलाका प्रहरी कार्यालय गौरीगंजमा हुलियासहितको निवेदन दिएकी थिइन् ।सम्पूर्ण कानुनी प्रकृया पुरा गरी ऋषिदेवको शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्